×

NMB BANK
NIC ASIA

सबैलाई भाग पुर्‍याउनै सकस

लुम्बिनीमा मिलीजुली भागबण्डा : मन्त्रीको संख्या दोब्बर बढाएर १५ पुर्‍याउने तयारी

भदौ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री शंकर पोखरेलले ३ वर्षसम्म ७ सदस्यीय सानो मन्त्रिमण्डल बनाएर प्रदेश सरकार चलाए । ७ मन्त्रालय रहेपनि मन्त्री ६ जना मात्र थिए । 

Muktinath Bank

पोखरेलले ‘जम्बो’ मन्त्रिमण्डल नबनाउने भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालय आफैंसँग राखेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग–अलग भएपछि पोखरेल अप्ठ्यारो स्थितिमा पुगे । जनता समाजवादी पार्टी (जसपा) नेपालको तत्कालीन महन्थ ठाकुर पक्षका ४ सांसदलाई सरकारमा सहभागी गराउन मन्त्रालय १० सदस्यीय बनाए । 


Advertisment
Nabil box
Kumari

सामाजिक विकास मन्त्रालयलाई फुटाएर स्वास्थ्य तथा जनसंख्या र शिक्षा तथा सामाजिक विकास मन्त्रालय बनाइयो । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट विभाजन गरी ग्रामीण तथा शहरी विकास मन्त्रालय बनाइयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरी उद्योग, वन तथा वातावरण मन्त्रालय बनाइयो । अझै भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा राज्यमन्त्री समेत बनाइयो । 

Vianet communication
Laxmi Bank

लुम्बिनीका नयाँ मुख्यमन्त्री कूलप्रसाद केसी नेतृत्वको नयाँ सरकारले पोखरेलभन्दा दोब्बर जम्बो मन्त्रिपरिषद् बनाउने भएको छ । केसी नेतृत्वको मिलीजुली सरकारले मन्त्रालय र मन्त्रीको संख्या बढाउने तयारी गरेको छ ।

साउन २७ गते मुख्यमन्त्री केसीले ७ सदस्यीय मन्त्रीमण्डल बनाइसकेका छन् । स्वतन्त्र सहितको गठबन्धन सरकार भएपनि राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने भएको छ । 

सशस्त्र जनयुद्धबाट खारिएर आएका मुख्यमन्त्री केसी आमअपेक्षाको प्रतिकूलमा रहेर मन्त्रालयको संख्या ह्वात्तै बढाउने निर्णय गर्न लागेका छन् । प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रिमण्डल १५–१६ सदस्यीयसम्म पुग्ने बताए ।

अब प्रदेशमा खेलकुद, स्वास्थ्य, शिक्षा र पर्यटन छुट्टाछुट्टै मन्त्रालय बन्ने देखिन्छ । सोमवार प्रदेश सभाबाट विश्वासको मत लिएका मन्त्री केसी छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा छन् । अहिले जसपाका ३, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित २, कांग्रेसका १ र स्वतन्त्र १ जना गरी ७ सदस्यीय मन्त्रिमण्डल छ । प्रदेशसभा कार्यकालभित्रै जसपाका ६ प्रदेशसभा सदस्यमध्ये सबै सांसद मन्त्री बने । पोखरेल नेतृत्वको सरकारका ३ मन्त्रीलाई पार्टीले कारवाही गरेपछि पदमुक्त भइसकेका छन् ।
 
हाल सरकारमा रहेका खड्कालाई आर्थिक मामिला, जसपाका सहस्रराम यादवलाई भौतिक पूर्वाधार तथा विकास र कांग्रेसका डिल्लीबहादुर चौधरीलाई ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी ४ जना विना विभागीय मन्त्री छन् । 

‘विना विभागीयलाई छिट्टै जिम्मेवारी दिन्छौं,’ प्रवक्ता खड्काले भने, ‘गठबन्धनको सहमति अनुसार भागबण्डाको आधारमा छिट्टै मन्त्रिमण्डललाई पूर्णता दिन्छौं ।’

सरकारले मन्त्रालय बढाउने तयारी गरेपछि आलोचना शुरू भएको छ । लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा रहेकाले संविधान अनुसार १७ जनासम्म मन्त्री बनाउन सकिन्छ । अहिले प्रदेश सभामा ८० सांसद छन् ।

यी हुन् मन्त्रीको दौडमा रहेकाहरू

अब मन्त्रिपरिषद् विस्तार हुँदा माओवादीबाट गुल्मीका सुदर्शन बराल, पाल्पाका तुलाराम घर्ती, दाङका इन्द्रजित थारू, विमला वली खत्री, बर्दियाका तिलकराम शर्मा र बाँकेकी कृष्णा केसी मन्त्री हुने दौडमा छन् ।

दाङकी दामाकुमार शर्माको पनि चर्चा छ तर उनले सूर्य चिह्नबाट निर्वाचित भएर माओवादी रोजेकी विमलालाई मन्त्री बनाएमा आफ्नो दाबी नहुने बताएकी छन् । विमलाकै कारण लुम्बिनी प्रदेश चर्चामा समेत रह्यो । साउन २८ गते नै वली मन्त्री बन्ने नाम सार्वजनिक भए पनि अन्तिममा आएर उनलाई हटाइएको थियो । 

बराल यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री थिए । कांग्रेसबाट रूपन्देहीकी रमा अर्याल, बसिउद्दिन खान, नवलपरासीका बैजनाथ कलवार, पाल्पाका वीरबहादुर राना र बाँकेका सुरेन्द्रबहादुर हमालको नाम मन्त्री बन्ने चर्चामा छ । 

अब बन्ने ८ जना मन्त्रीमा कांग्रेसका ४ र माओवादीका ४ जना गरी ८ जना थपिने छन् । 

आलोपालो सरकार !

४ दलीय मिलीजुली गठबन्धन सरकारलाई प्रदेश सभाको बाँकी अवधि आलोपालो चलाउने कांग्रेस र माओवादीबीच सहमति छ । आउँदो फागुनपछि माओवादीले मुख्यमन्त्री छाडेर कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडिया मुख्यमन्त्री हुने २ दलबीच सहमति भएको कांग्रेस प्रमुख सचेतक फकरुद्धिन खाँनले बताए । 

त्यो कुरा माओवादी सांसद तथा पूर्व मन्त्री सुदर्शन बरालले पनि बताउँदै आएका छन् तर लिखित सम्झौता भने भएको छैन । अहिलेको गठबन्धनबाट ४२ जनाको समर्थनमा केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । हाल कायम ८० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४१ जना सांसदको समर्थन आवश्यक पर्छ ।

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने 

मन्त्री खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताए । शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गरेर नयाँ बजेट बनाउन लागिपरेको उनले बताए । 

आफूहरूको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको उनले बताए । उनले भने, ‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति हुन नदिने भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’
 
धेरै मन्त्रालयले विकृति : प्रतिपक्ष 

एमाले सांसद तथा पूर्व मन्त्री बैजनाथ चौधरी मन्त्रालय फुटाएर जम्बो बनाउनु भनेको अराजकता सिर्जना गर्नु रहेको बताउँछन् । ‘अहिलेको सरकार विकास र कुनै उद्देश्यसहित आएको होइन । यो त सत्ता टिकाउने बनेको हो । मिल्ने भए गठबन्धनले ४१ सदस्यीय मन्त्रिपरिषद् बनाउन पनि बेर लाग्दैन । नमिल्ने भएर मात्रै हो,’ चौधरीले भने, ‘हाम्रो सरकारको उद्देश्य चालू खर्च कम गर्नु र विकास खर्च बढी गर्नु थियो । यो सरकारलाई अहिले त्यसतर्फ केही सोच नै छैन ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x