३२ असार २०८३, बिहीबार

महन्थ ठाकुरलाई पीएम बनाउन खोज्दा पीए मात्रै भए : उपेन्द्र यादव

महन्थ ठाकुरलाई पीएम बनाउन खोज्दा पीए मात्रै भए : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाएर गएका नेताहरूलाई पीएको हैसियतको मात्रै भएको आरोप लगाएका छन् ।

बुधवार विराटनगरमा जसपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महन्थ ठाकुरलाई पीएम (प्रधानमन्त्री) बनाउन खोज्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पीए बनेको आरोप लगाए ।  

यादवले परिवर्तनपछि प्रतिगमनको जन्म हुने गरेको समेत बताए । निवर्तमान प्रधानमन्त्री ओलीले परिवर्तनलाई उल्ट्याउन खोजेको टिप्पणी उनले गरे ।

‘हामीले संघीयताको रक्षा गर्दा ओलीको जागिर समेत बचाइदियौं । लिपुलेक, कालापानी समेटेर नक्सा निकाल्दा हामी सबैले सहयोग गरेका थियौं तर आसेपासेले सच्चा राष्ट्रवादी भनेर चर्चा गर्न नपाउँदै ओली जागिर बचाइदिनुपर्‍यो भन्दै भारतको शरणमा परे,’ उनले भने ।

नेता महेन्द्रराय यादवले सरकारले विना शर्त रेशम चौधरीलाई जेलबाट छुटाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्