३० जेठ २०८३, शनिबार

पत्नीको जल्दै गरेको चितामा हाम फालेर एक पुरुषले गरे आत्महत्या

भदौ १०, २०७८
पत्नीको जल्दै गरेको चितामा हाम फालेर एक पुरुषले गरे आत्महत्या
सांकेतिक तस्वीर

भारतको ओडिशास्थित कालाहाँडी जिल्लामा एक पुरुषले आफ्नो पत्नीको जल्दै गरेको चितामा गएर आत्महत्या गरेका छन् । 

यो घटना गोलामुन्डा ब्ल्याकको सिआलजोडी गाउँको हो । 

जहाँ पत्नीको मृत्यु पछि एक पुरुष अन्तिम संस्कारको समयमा जल्दै गरेको चितामा हामफालेका थिए ।

आगोको ज्वाला धेरै ठूलो भएका कारण उनलाई कसैले बचाउने प्रयास नगरेको बताइएको छ । 

मंगलवार घटेको यस घटनामा आत्महत्या गर्ने पुरुषको नाम नीलमणि सबर भएको बताइएको छ । 

रिपोर्टस्का अनुसार नीलमणिकी ६० वर्षीय पत्नी रायबरी सबरको मृत्यु कार्डिएक अरेस्टका कारण भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्