२४ जेठ २०८३, आइतबार

पाकिस्तान आफ्नो दोस्रो घर भएको तालिबान प्रवक्ताको भनाइ

भदौ १०, २०७८
पाकिस्तान आफ्नो दोस्रो घर भएको तालिबान प्रवक्ताको भनाइ

पाकिस्तानको सहायताले सत्तामा आएको तालिबानले उक्त देश आफ्नो दोस्रो घर जस्तो भएको बताएको छ ।

प्रवक्ता जबीउल्लाह मुजाहिदले बुधवार पाकिस्तानलाई दोस्रो घर जस्तो भएको बताएका हुन् । पाकिस्तानको हितविपरीत कुनै काम गर्न नदिने पनि उनले बताए । 

एक पाकिस्तानी टीभी च्यानलसँग कुरा गर्दै जबीउल्लाहले आफूहरू काबुल प्रवेश गरेको १२ दिन भएको र सबै इलाकामा नियन्त्रण कायम गरेको बताए । ती स्थानमा शान्ति र स्थिरता आइरहेको उनको भनाइ छ । 

पाकिस्तानको आतंकवादी संगठन टीटीपीका बारेमा कुरा गर्दै तालिबानले अफगानिस्तानको भूमि तेस्रो मुलुकको हितविपरीत प्रयोग गर्न नदिने जबीउल्लाहले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्