०९ साउन २०८३, शनिबार

माधव नेपालसँग भेटेर भाजपा नेता चौथाइवालेले टुङ्ग्याए राजनीतिक भेटवार्ता

माधव नेपालसँग भेटेर भाजपा नेता चौथाइवालेले टुङ्ग्याए राजनीतिक भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् ।

माधव नेपालको पार्टीले औपचारिकता पाएकै दिन बिहीवार साँझ चौथाइवालेले नेता नेपालसँग भेटवार्ता गरेका हुन् ।

‘काठमाडौंमा मेरो अन्तिम भेट वरिष्ठ कम्युनिस्ट नेता र नेपालका पूर्व प्रधानमन्त्री माधव नेपालजीसँग साँझ भएको थियो । द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा फलदायी छलफल भयो,’ चौथाइवालेले ट्वीटरमा लेखेका छन् ।

आइतवार काठमाडौं आएका चौथाइवालेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 

सोमवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा विभिन्न दलका दोस्रो तहका नेता र मन्त्रीहरूसँग भेटवार्ता गरेका थिए । 

नेपालमा भएको राजनीतिक परिवर्तनपछि नेपाल भ्रमण गर्ने चौथाइवाले भारतका वरिष्ठ राजनीतिज्ञ हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्