१७ असार २०८३, बुधबार

नेपाली सीमासम्मै ‘एक्सप्रेस वे’ बनाउँदै भारत सरकार, मिडियामा यस्तो खबर

नेपाली सीमासम्मै ‘एक्सप्रेस वे’ बनाउँदै भारत सरकार, मिडियामा यस्तो खबर
प्रतिकात्मक तस्वीर

भारतको बिहार सरकारले नेपाली सीमा रक्सौलसम्म ‘एक्सप्रेस वे’ बनाउने भएको छ ।

गोड्डाका सांसद निशिकांत दुबेले पटना, कोलकाता र नेपाललाई जोड्ने सडकलाई प्राथमिकतामा राखेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र सडकमन्त्री नितिन गडकरीलाई धन्यवाद दिएका छन् ।

बिहारको देवघर–दुमकाबाट १२ घण्टामा काठमाडौं पुग्न सकिने शीर्षकसहितको समाचार भारतीय मिडियाले लेखेका छन् ।

भारत सरकारले हल्दिया बन्दरगाहदेखि नेपाली सीमा रक्सौलसम्म ‘एक्सप्रेस वे’ बनाउने योजना बनाएको छ ।

कमेन्ट गर्नुहोस्