काठमाडौं, १४ पुस– नेकपा नेपालको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि बाँकेको कोहलपुरमा सांघातिक आक्रमण भएको छ ।

बिहिबार साँझ ८ बजेतिर स्थानीय पीपलचौतारा भन्ने स्थानमा उनीमाथि सांघातिक आक्रमण भएको युवासंघका अध्यक्ष राजीव पहारीले जानकारी दिए ।
उनीमाथि अपरिचित व्यक्तिको समुहले पछाडिबाट खुकुरी प्रहार गरेको र गर्धनमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनलाई कोहलपुर मेडिकल कलेजमा पर्याइएको भएपनि त्यहाँ उपचार हुन नसकेपछि भारतको लखनहुँ लैजाने तयारी भइरहेको पहारीले जानकारी दिए ।
युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको १० दिन बित्न नपाउँदै अर्का केन्द्रीय सहस्यमाथि आक्रमण भएको हो ।
गत पुस ४ गते तिवारीमाथि रुपन्देहीको देबदहमा पल्सर मोटरसाइकलमा आएका दुई जनाको समुहले गोली प्रहारी गरी हत्या गरेको थियो ।
बुढाथोकीमाथि आक्रामण किन र कसले गर्यो भन्ने हालसम्म खुल्न सकेको छैन । बाँके प्रहरीले घटनामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।