०६ साउन २०८३, बुधबार

बिहेकै दिन पेट देखिएपछि ‘ग्यास्ट्रिक’ भनेर झुक्याइयो, ३ महिनामै बच्चा जन्मिएपछि अदालतमा

भदौ १०, २०७८
बिहेकै दिन पेट देखिएपछि ‘ग्यास्ट्रिक’ भनेर झुक्याइयो, ३ महिनामै बच्चा जन्मिएपछि अदालतमा
प्रतिकात्मक तस्वीर

बिहे गरेकै दिनदेखि पतिले पत्नीको पेट ठूलो देखेपछि बिहेअघि नै गर्भवती भइसकेको शंका गरे । तर पत्नीले ‘ग्यास्ट्रिक’बाट पेट बढेर भन्दै झुक्याइन् ।

झुक्याएर खास कुरा लुकाउन सकिएन । बिहे भएको ३ महिनामै बच्चा जन्मियो । यो घटनाको भारतको उत्तर प्रदेशस्थित गाजियाबादको । 

पत्नीको पेट देखिनुका साथै शारीरिक परिवर्तन भएपछि पतिले शंका गरिसकेका थिए । तर अनेक बहानामा पत्नीले वास्तविकता लुकाउन खोजिन् । पत्नीको पेटमा अरु कसैको बच्चा भएको निश्चित भएपछि पतिले प्रहरीमा उजुरी दिएका छन् । त्यसपछि मुद्दा अदालतसम्म पुगेको छ ।

गत मार्च १८ मा लोहियानगरकी युवतीको बिहे मोहननगरका युवकसँग भएको थियो । बिहेको ३ महिनामै बच्चा जन्मिएपछि युवकले झुक्याएर विवाह गरिएको आरोपमा मुद्दा गरेका छन् । 

कमेन्ट गर्नुहोस्