१० असार २०८३, बुधबार

प्रदेशको नामकरण गर्न नसक्दा नालायक भनियो, अब उहाँले गर्नुहुन्छ : शेरधन राई

प्रदेशको नामकरण गर्न नसक्दा नालायक भनियो, अब उहाँले गर्नुहुन्छ : शेरधन राई

झण्डै साढे ३ वर्ष प्रदेश १ सरकारको नेतृत्व गरेका निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम समेत राख्न सकेनन् । 

नवनियुक्त मुख्यमन्त्री आचार्यको पदभार ग्रहण कार्यक्रममा राईले प्रदेशको नामकरण गर्न नसक्दा नालायक भनिएको स्मरण गर्दै अब नवनियुक्त मुख्यमन्त्रीको काँधमा प्रदेशको नामकरण गर्ने जिम्मा आएको बताए ।

‘माननीयज्यूको काँधमा प्रदेशको नामकरण गर्ने जिम्मा आएको छ, उहाँलाई म सहयोग गर्न तयार छु,’ राईले भने, ‘मैले एक्लै गरेर हुँदैन्थ्यो, दुईतिहाइ चान्हिन्थ्यो । समय प्रतिकूल हुँदा काम गर्न समस्या भयो । मैले गरेका काम जनताले देख्ने गरी गरेको छु ।’

नवनियुक्त मुख्यमन्त्री आचार्यले प्रदेशका संरचनाहरू दीगो नभएका कारण काम गर्न समस्या हुने बताए । ‘प्रदेशको विकास गर्न सबैको सहयोगको खाँचो छ,’ उनले भने ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका सांसदले सहयोग नगर्ने संकेत पाएका मुख्यमन्त्री आचार्यले सबैले सहयोग गरे मात्रै परिवर्तन गर्नसक्ने बताए ।

एकीकृत समाजवादीमा खुलेका सांसदहरू मुख्यमन्त्रीको शपथ ग्रहण तथा पदभार ग्रहणमा सहभागी भएनन् ।

salt training

कमेन्ट गर्नुहोस्