
भायानेटको ‘पर्पल प्याक अफर’ अन्तर्गत इन्टरनेट, टीभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा दिइने भएको छ ।
अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भायाटिभी सँगसँगै एनसेल सिम सित्तैमा पाउनेछन् ।
सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले १ वर्षसम्म कूल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन् । सिममार्फत ग्राहकले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरू पनि पाउने कम्पनीले जनाएको छ ।
यी सबै सुविधा ग्राहकले जम्मा मासिक १६०० रुपैयाँमा पाउन सक्नेछन् । अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा समेत उपलब्ध छ ।
सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटिभी, एनसेलको फस्ट क्लास मोबाइल डेटा प्याक, फ्री टकटाइम, एसएमएस लगायतका सुविधा भएकाले ‘पर्पल प्याक’ साँच्चै नै अल–इन–वान रहेको कम्पनीले जनाएको छ ।