×

NMB BANK
NIC ASIA

मणिपाल शिक्षण अस्पताल साढे ३ अर्बमा बिक्री हुँदै

भदौ १०, २०७८

NTC
Premier Steels

पोखराको मणिपाल शिक्षण अस्पताल ३ अर्ब ५० करोड रुपैयाँमा बिक्री हुने भएको छ । 

Muktinath Bank

पोखराका प्रतिष्ठित व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रूपमा अस्पताल खरिदका लागि प्रारम्भिक सम्झौता गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रूपले संस्थागत रूपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेको र शुक्रवार हुने खरिद बिक्री सम्झौताको ड्राफ्ट समेत तयार पारिसकेको छ ।


Advertisment
Nabil box
Kumari

साढे ३ अर्ब रुपैयाँमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ । अस्पतालको स्वामित्व लिइसकेपछि बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सम्झौता भएको पौडेलले बताए ।

Vianet communication

भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रूपको लगानीमा खुलेको अस्पतालमा कलेज तथा अस्पताल सञ्चालनमा नेपाल सरकार र मणिपाल कर्मचारी युनियनको लगातार असहयोग रहँदै आएपछि भारतीय समूह बिक्रीको मनस्थितिमा पुगेको बताइएको छ । कलेज र अस्पताल दुवै बिक्री गरेर मणिपाल समूह नेपालबाट बाहिरिन लागेको हो ।

अटोवेज ग्रूपका अध्यक्ष पौडेलका अनुसार मेडिकल कलेज र अस्पतालको कूल मूल्यांकन २ अर्ब २५ करोड रुपैयाँ भएको छ । मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड बढी रुपैयाँ तिर्न बाँकी रहेकाले दायित्व समेत सकारेर साढे ३ अर्ब रुपैयाँमा खरिद गर्न लागिएको छ । 

पूर्ण रूपमा ‘लोन फ्री’ रहेको अस्पतालसँग १० रोपनी जग्गा र भवनका साथै अतिरिक्त ३० रोपनी जग्गा छ । 

अस्पताल र मेडिकल कलेजमा गरी १ हजार १०० कर्मचारी कार्यरत छन् । कलेजले वार्षिक रूपमा १०० जनालाई एमबीबीएस पठाउँदै आएको छ । यस क्षेत्रकै ठूलो अस्पताल मणिपाल शिक्षण अस्पतालमा करीब ८०० शय्या छन् । 

अस्पतालका मौजुदा केही संरचना थप फेरबदल गरेर गण्डकी प्रदेशकै सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य रहेको अटोवेजका अध्यक्ष पौडेलले सुनाए । स्वामित्व लिइसकेपछि नयाँ व्यवस्थापनसँगै अस्पताललाई पब्लिक लिमिटेड कम्पनीका रूपमा लैजाने योजना छ ।

कलेजमा प्यारामेडिकल कोर्स, बीबीए तथा एमबीए एण्ड इन्जिनीयरिङ र बीडीएस अध्ययन समेत शुरू गरिने उनले बताए ।

निजी क्षेत्रबाट नेपालमै पहिलो पटक सन् १९९४ पोखरा–११ फूलबारीमा अस्पताल खुलेको हो । अस्पतालमा विभिन्न सुविधाका कारण कतिपय जटिल रोगका बिरामीलाई राजधानी काठमाडौं तथा विदेश धाउनुपर्ने बाध्यता टरेको छ ।

बतास फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले कोरोनाको दोस्रो भेरियन्ट शुरू भएसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न रकम संलकनमा नेतृत्वदायी भूमिका खुलेका थिए ।

अक्सिजन प्लान्टको काम समेत प्रक्रियामा रहेको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x