३१ जेठ २०८३, आइतबार

पक्की पुल भासिएपछि सडक अवरुद्ध

पक्की पुल भासिएपछि सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढीले कटान गर्दा पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।

लगातारको वर्षाका कारण देवदह नगरपालिलका–७ शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो ।  

पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन् । वैकल्पिक व्यवस्था नभएसम्म यातायात सञ्चालनल हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगा बहादुर सारुले बताए ।

प्रहरीले भासिएको पुलबाट सवारीसाधन आवागमनमा रोक लगाएको छ । बिहीवार रातिदेखि भारी वर्षा भइरहेको छ । तराईका धेरै क्षेत्र डुुबानमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्