०१ असार २०८३, सोमबार

कैलालीमा बाढीबाट १ घर बग्यो, मध्यराति २ जनाको उद्दार

कैलालीमा बाढीबाट १ घर बग्यो, मध्यराति २ जनाको उद्दार
प्रतिकात्मक तस्वीर

कैलाली जिल्लामा अविरल वर्षापछि आएको बाढीले १ घर बगाएको छ भने बाढीमा फसेका २ जनाको मध्यराति उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा काठे पुल, दुर्गा मन्दिरस्थित ४२ वर्षीय गणेशदत्त पाण्डेको इँटाले बनेको टिनले छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।

जिल्लाको शिवगंगा नदी र झिलखोलाबीच भागमा फसेका २ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्धार गरिएको छ ।

घाँस काट्न जाँदा बाढीमा फसेका उनीहरूलाई मध्यराति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्