
डेनिस बियर ब्राण्ड टुबोर्गले युवापुस्तामाझ लोकप्रिय गायक सुशान्त केसीले विश्वव्यापी चर्चित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ ।
मानिसहरूलाई एकताबद्ध गर्ने संगीतको शक्ति मनाउने अभियान, टुबोर्ग ओपनको नयाँ प्रस्तुतिको लागि यो सहकार्य घोषणा गरेको टुबोर्गले जनाएको छ ।
उक्त अभियानको अनुरुप सुशान्तले गुएटाको नयाँ ट्रयाक ‘गेट टुगेदर’ को अफिसियल रिमिक्स् रिलिज गर्नेछन्, जुन ट्रयाक गुएटाले विश्वका विभिन्न क्षेत्रहरूका कलाकारहरूलाई एकसाथ ल्याउन सिर्जना गरेका हुन् ।
नेपाली कलाकार सहकार्यका विषयमा उत्सुक रहेको भन्दै गुएटाले भने, ‘विश्वभरका विभिन्न कलाकारहरूसँग काम गर्ने सोच मलाई मनपर्छ । त्यसैले मलाई लाग्छ कि टुबोर्ग ओपन प्रोजेक्ट निकै राम्रो छ । मेरो सम्पूर्ण जीवन मैले कलाकार, डिजे, निर्माता र पपस्टारहरूसँग सहकार्य गरिरहेको छु र म यो काम गर्न एकदम मन पराउँछु किनभने मलाई विश्वास छ कि संसारमा यति धेरै प्रकारका मानिसहरू छन् जो बाट हामी सबैले सिक्न सक्छौँ ।’
आफ्नो करिअरमा अझै बढी नयाँ कलाकारहरूसँग सहकार्य गर्न खोजिरहेको उनी बताउँछन् ।
‘म यो गर्न चाहन्छु किनकि मैले उनीहरूलाई केही कुराहरू सिकाउन सक्छु, तर सबैभन्दा महत्त्वपूर्ण कुरा त उनीहरूले मलाई सिकाउन सक्छन् किनकि उनीहरूको संसारको दृष्टिकोण फरक छ,’ उनले भने, ‘यो संगीत वा शब्दमा हुन सक्छ तर हामी दुवैको प्रस्तुतिको संयोजनले केही नयाँ ताजा महसुस गराउने सिर्जना हुने आशा राख्छु ।’
सुशान्त केसी नेपाली संगीत क्षेत्रको एक लोकप्रिय नाम हो । उनी आफ्नो मधुर र आत्मीय गीतहरूका लागि परिचित छन् । उनको आमा, मायामा, साथी जस्ता गीतहरू चर्चित छन् ।
विश्वका सबैभन्दा ठूला डिजेहरूमध्येका एक गुएटाको साथमा काम गर्न पाउँदा खुशी लागेको सुशान्तले बताए ।
‘मैले एक गायक–गीतकारको रुपमा सिर्जना गरेको सबै कुराहरु मेरो उत्कटताबाट निस्केको छ । यस्ता उदाहरणहरु पनि छन् जब आफ्नो प्रयासहरुले छुटाउन नहुने अवसरहरू आमन्त्रित गर्दछ,’ उनले भेन, ‘मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिलेदेखि नै थियो । अहिले भने साँच्चै त्यो समय आएको छ । म उक्त संगीतको कलाकारको जादुमा थप निखार ल्याउन चाहन्छु जसले हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्दछ । म केही सुन्दर प्रस्तुति सिर्जना गर्न चाहन्छु ।’
सुशान्त ‘गेट टुगेदर’ को नयाँ रिमिक्समा काम गरिरहेका छन् र त्यो सेप्टेम्बरको अन्तिम सम्ममा दर्शकमाझ उपलब्ध हुनेछ ।
गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो पनि निर्माण गरेका छन् जुन नेपालका दर्शकहरूले ए.आर.मा अनुभव गर्न सक्छन् ।
सबै दर्शकले टुबोर्गको फेसबुक पेजमा गई त्यहाँ भएको लिंक प्रयोग गरी आफ्नो घरमै आरामले डेभिड गुएटाले ‘गेट टुगेदर’ बजाएको सुन्न सक्नेछन् ।