
मानवअधिकार तथा शान्ति समाजले शुक्रवार सभामुख अग्निप्रसाद सापकोटासँग मानव अधिकार, शान्ति एवम् समसामयिक विषयमा ध्यानाकर्षण गराउँदै छलफल गरेको छ ।
संसद् सचिवालय सिंहदरबारमा भएको छलफलमा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुरुप कानून निर्माण तथा परिमार्जन तदारुकताका साथ हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।
साथै बारुदी सुरुङको प्रयोग, भण्डारण,तथा ओसारपसारमाथि प्रतिबन्ध तथा तिनको विनाशसम्बन्धी महासन्धिलगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू शीघ्र अनुमोदन हुनुपर्नेमा जोड दिइएको छ ।
शुक्रवार नै शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि छलफल गरेको छ ।
राष्ट्रिय सभा सचिवालय सिंहदरबारमा भएको छलफलमा हिमालय बचाउ नदी जोगाउ अभियान सर्वत्र उच्च प्राथमिकता हुनुपर्नेतर्फ ध्यानाकर्षण गराइएको छ ।