१२ असार २०८३, शुक्रबार

पहिरोमा सात वर्षीय बालकको ज्यान गयो

पहिरोमा सात वर्षीय बालकको ज्यान गयो

जिल्लाको कटारी नगरपालिका–२ मिलन चौक बस्ने सात वर्षीय बालकको आज  पहिरोमा परेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पहिरोमा परेर मृत्यु हुने बालक कटारी नगरपालिका–२ मिलन चौक बस्ने पोष्टबहादुर मगरका सात वर्षीय छोरा कर्ण रहेका छन् ।

दिउँसो २ बजेतिर स्थानीय खहरे खोला नजिकै जङ्गल छेउमा खेलिरहेको बालकमाथि झरेको पहिरोले गम्भीर घाइते बनाएको थियो । घाइते बालकको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्