×

NMB BANK
NIC ASIA

बाढी पहिरोबाट कहाँ कति क्षति ?

भदौ ११, २०७८

NTC
Premier Steels

देशका विभिन्न स्थानमा लगातारको पहिरो तथा बाढीबाट विभिन्न धनमाल नष्ट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Muktinath Bank

    ताप्लेजुङ– आठराई त्रिवेणी गाउँपालिका–१ ढाडेस्थित श्री सिंहदेवी आधारभूत विद्यालयमा शुक्रबार बिहान पहिरो जाँदा करिब रु १५ लाख बराबरको विभिन्न धनमाल नष्ट भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    कैलाली– चुरे गाउँपालिका–५ काफलगैरा टोलको जमिन भासिँदा २५ घरपरिवार जोखिममा परेका छन् । यस्तै जानकी गाउँपालिका–४का गिर्धरपुर, टावरटोल र वेलपुरका गरी जम्मा ८० घरधुरी र सोहीगाउँपालिका–७ का जवलपुर, शङ्करपुर र फरैलाका गरी जम्मा ५८ घरधुरी अविरल वर्षाका कारण आएको बाढीले डुबानमा परेका छन् । डुबान भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट आवश्यक समन्वय एवं उद्धार कार्य भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

नवलपरासी (पश्चिम)– तुरिया खोला र झरै खोलामा शुक्रबार आएको बाढीले परासी बजारलगायतका बस्ती तथा सरकारी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपरासी डुबानमा परेका छन् ।

Vianet communication

रुपन्देही– अविरल वर्षाले शुक्रबार आएको बाढीले तिलोत्तमा नगरपालिका–१४ भुडकेपानीमा तीन घर,  ओमसतिया गाउँपालिका–१ कोटागाउँमा एक घर, बुटवल उपमहानगरपालिका–१२ सिर्जना टोल बस्ने हरि ढकालको एक घर र  कञ्चनगाउँपालिका–३ स्थित १० घरमा क्षति भएको छ ।

यस्तै देवदह नगरपालिका–३ वसन्तपुरस्थित तिलोत्तमा नगरपालिका–८ बस्ने अमृत थापाको यसकेसी बाख्राफार्म रोहिणी खोलामा आएको बाढीले डुबाउँदा ४३ वटा ब्राखा मरेका छन् ।

कञ्चनपुर–अविरल वर्षाका कारण कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीस्थित मोहना नदीमा आएको बाढीले १० घर डुबानमा परेका छन् । यसैगरी सोही नगरपालिका–५ बेलकुण्डी सिविरस्थित मछली नदीमा आएको बाढीले १२ घर डुबान परेका छन् भने सोही नगरपालिका–२ बस्ने यज्ञराज पन्तको महारुद्र भुसा इँटा उद्योगको रु पाँच लाख ४० हजार बराबरको चार कठ्ठा जमिन कटान गरेको छ ।

महोत्तरी– बलवान गरपालिका–४ तिरधरस्थित रातु खोलामा आएको बाढीले बाँध फुटाई सोही ठाउँस्थित बस्तीमा पस्दा करिब ९०० घरमा क्षति पुगेको छ । पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उद्धारकार्य गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x