१० असार २०८३, बुधबार

मनाङमा खच्चडको माध्यमबाट खाद्यान्न

भदौ १२, २०७८
मनाङमा खच्चडको माध्यमबाट खाद्यान्न

बाढीपहिराका कारण ढुवानीमा समस्या हुँदा मनाङमा खाद्यान्न अभाव भएको छ ।

खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ ।

गत असार १ गते आएको बाढीपहिराका कारण बेंसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएपछि माथिल्लो मनाङमा खाद्यान्न अभाव भएको हो । 

खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिए । स्थानीयलाई खाद्यान्न अभावबाट बचाउने उद्देश्यले सोनाम घिर्मी फ्यामी फाउन्डेसनको सहयोगमा घुमाउरो बाटो सहारामार्फत खाद्यान्न ल्याइएको र यहाँका विपन्न वर्गलाई वितरण गरिएको गुरुङले जानकारी दिए ।

कास्कीको पोखराबाट म्याग्दीको बेनी–मुस्ताङको मुक्तिनाथ हुँदै थोराङ भञ्ज्याङ पास गरेर खाद्यान्न ल्याइएको उनले बताए । पोखरा–बेनी–मुक्तिनाथसम्म गाडीमार्फत खाद्यान्न ल्याइएको उनले जानकारी दिए ।

उनका अनुसार मुक्तिनाथबाट ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला पास हुँदै खच्चडमार्फत माथिल्लो मनाङमा खाद्यान्न ल्याइएको छ ।

अन्यत्र जिल्लाबाट आएर काम गर्दै आएका ४० र मनाङ गाउँका विपन्न वर्गका ७ घरधुरीसहित कूल ४७ घरधुरीलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । सोनाम घिर्मी फ्यामिली फाउन्डेसनको सहयोगमा सामग्री विपन्न वर्गका लागि सामग्री वितरण गरिएको उनले बताए ।

प्रत्येक परिवारलाई १२.५ किलो चामल, ८ किलो दाल, नून ३ किलो, १.५ लिटर तेल वितरण गरिएको छ । घुमाएर ल्याइएको खाद्यान्न सामग्री पाउँदा स्थानीय हर्षित भएका छन् । माथिल्लो मनाङमा लामो समयदेखि खाद्यान्न अभाव टार्न थोराङ्ला पास गरी ल्याउने गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्