
कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरै विश्व आक्रान्त छ । न कोरोना नियन्त्रणमा आइरहेको छ, न त औषधि नै बनेको छ ।
कोरोनाको शुरूआत कसरी भयो भन्नेमा समेत वैज्ञानिक यकिन हुन सकिरहेका छैनन् । यस्तो बेला भारतको असमका परिवहनमन्त्री चन्द्रमोहन पटवोरीले ‘भगवानको कम्प्युटर’मा कोरोना भाइरस बनेको तर्क गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अनौठो तर्क गर्दै मन्त्री चन्द्रमोहनले कोरोनाबाट मृत्यु हुनेको लिस्ट भगवान्ले बनाएको दाबी गरे । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) कोरोना नियन्त्रणमा असफल भएको दाबी समेत उनले गरे ।
गुवाहाटीमा राज्य सरकारको योजना अन्तर्गत लाभग्राहीलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै मन्त्री चन्द्रमोहनले भने, ‘कोरोनाबाट को संक्रमित हुन्छ, को हुँदैन, प्रकृतिले तय गरेको छ । यो सबै भगवान्काे सुपर कम्प्युटरबाट भइरहेको छ । यो मानवनिर्मित होइन । कम्प्युटरले कोरोना भाइरसलाई पृथ्वीमा पठाउने फैसला गर्यो । जसमा मृत्युदर २% तय गरिएको थियो ।’
Nature has decided who would get infected, who won’t & who would be taken away from Earth. This is happening from God's super computer, which is not man-made. The computer decided on sending COVID-19 virus to Earth with 2% mortality: Assam Minister Chandra Mohan Patowary (26.08) pic.twitter.com/MSALBYXHxe
— ANI (@ANI) August 27, 2021