२३ असार २०८३, मंगलबार

पारस शाहको क्यारिकेचर गर्ने भरतमणि पौडेल पुगे फाइनलमा

पारस शाहको क्यारिकेचर गर्ने भरतमणि पौडेल पुगे फाइनलमा

रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा देखिए । पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जिते ।

उनले प्रस्तुतिका क्रममा पारसको जस्तै हाउभाउ र लबजमा आफ्नो व्यङ्ग पस्किए भने सो क्रममा दर्शक र तथा जजबाट तालीको वर्षा पाए । सो क्रममा उनले पारसको स्वाभाव र बानीबेहोराका साथै वर्तमान राजनीतिक परिस्थितिप्रति पनि व्यङ्ग्य पस्किन भ्याए ।

अन्तिम ४ को प्रतिस्पर्धामा उनको उत्कृष्ट प्रस्तुती भएको भन्दै सिधै फाइनलमा जजहरुले लगेका छन् । अब बाँकी रहेका तीन प्रतिस्पर्धीबाट दुई जना छनोट गरेर फिनाले हुनेछ ।
उसो त पौडेलको पारसको गेटअफको ट्रेलरकै निकै चर्चा भएको थियो । ताप्लेजुङका पौडेललाई कमेडी च्याम्पियनको दाबेदारको रुपमा हेरिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्