०९ असार २०८३, मंगलबार

यी युवतीले आफैँसँग गरिन् विवाह

भदौ १३, २०७८
यी युवतीले आफैँसँग गरिन् विवाह

तपाईंले कस्तो कस्तो विवाह देख्नु वा सुन्नुभएको छ ? 

हामीले प्राय सुन्दै आइरहेको विवाह दुई जनाबीच हुने हो । तर कहिलेकाहीँ यस्तो घटना पनि सुनिन्छ, जुन रोचक हुन्छ ।

अमेरिकाको सिड्नी निवासी एक महिलाले आफूसँग नै विवाह गरेकी छन् । यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ, तर यो घटना सत्य हो । 

आफैँसँग विवाह गर्ने ती युवतीको नाम पेट्रीसिया क्रिस्टीन हो । 

सिड्नी निवासी ती २८ वर्षीया युवती पेशाले शिक्षिका हुन् ।

८ वर्ष पहिले उनी र उनको पति वैवाहिक जीवनबाट अलग्गिएका थिए ।

त्यसमा उनी दुःखी भइनन् । एक्लो जीवन नै अगाडि बढाउने उनले निर्णय लिइन् । 

उनले भनेकी छिन्,वैवाहिक सम्बन्ध टुटेपछि मलाई महशुस भयो कि जीवनमा कमिटमेन्टभन्दा ठूलो कुरा केही हुँदैन । यसकारण आफ्नो वेडिङ थीम सेल्फ कमिटमेन्ट सेरेमोनी यस कन्स्पेक्टमा राखेको थिएँ ।  

डेली मेलको एक रिपोर्ट अनुसार, उनले आफ्नो विवाहका लागि उनले कार्ड पनि छपाइन् भने नजिकका आफन्त र साथीलाई बोलाइन् । 

उनले आफ्ना लागि वेडिङ गाउन र औँठी पनि किनिन्, समग्रमा उनले १०० डलर खर्च गरिन्  ।

आफ्ना ९ जना साथीसँग क्रिस्टीन दुलही बनेर मण्डपमा पुगिन् । जहाँ उनले विवाहको सबै तयारी गरिएको थियो ।

उनले त्यहाँ आफूले आफूलाई सधैँ माया गर्ने प्रतिवद्धता जनाइन् ।   
 

salt training

कमेन्ट गर्नुहोस्