
आइतवार मुलुकका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।
अविरल वर्षाका कारण अधिकांश नदीहरूमा जल सतह बढेको छ ।
आज नारायणी नदी र यसका सहायक नदीहरू कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ ।
यस्तै पछिल्लो ६ घण्टामा कपिलबस्तु जिल्लाको बाणगंगा स्थित बर्षामापन केन्द्रमा भारी बर्षामापन भएको र थप बर्षा हुने पूर्वानुमान रहेकोले बाणगंगा, गुडुङ लगायतका स(साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने विभागले जनाएको छ ।
विभागले नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ।