०६ साउन २०८३, बुधबार

पाल्पामा पहिरोले एक घर पूर्णरुपमा पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध [भिडियोसहित]

पाल्पामा पहिरोले एक घर पूर्णरुपमा पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध [भिडियोसहित]
तस्वीर : जिल्ला प्रहरी कार्यालय पाल्पाको फेसबुकबाट ।

पाल्पा तानसेन नगरपालिका–८, डुम्रेमा पहिरो जाँदा पाँच घर पुरिएका छन् । एउटा घर पूर्णरूपमा पुरिएको छ भने अन्य घरहरूका छेउछेउसम्म पहिरो पुगेको छ । 

बिहान साढे १० बजे माथिबाट खसेको पहिरोले देवबहादुर सारुको दुई तले पक्की घर पुरेको पाल्पा प्रहरीले जनाएको छ । 

पहिरोले मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । अहिले सिद्धार्थ लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । 

यो लोकमार्ग भएर गुड्ने सवारीसाधनहरू सडक अवरुद्ध हुँदा आउजाउ गर्न पाएका छैनन् । 

कमेन्ट गर्नुहोस्