०९ असार २०८३, मंगलबार

चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव

भदौ १३, २०७८
चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव

पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको चितवनमा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ । 

वार्षिक दुई करोड बजेट विनियोजन गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए । 

उनका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । जिल्लाका व्यवसायीको मागअनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको हो ।

अहिले चितवनको विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ । जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । 

रोगको पहिचान र पशुपक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न प्रस्ताव गरिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागाईंले जानकारी दिए । 

गत वर्ष चितवनमा देखिएको रोगका कारण केही गाईको मृत्यु भयो भने दूध उत्पादनमा समेत गिरावट आएको थियो । सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौं नमूना पठाइएकामा दुई सातापछि मात्र नतिजा प्राप्त भएको थियो । 

सो अवधिमा धेरै क्षति भइसकेको उनले जानकारी दिए । अहिले सीमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको प्रमुख चापागाईंले बताए । 

यस जिल्लामा वार्षिक एक लाख १० हजार ६३१ मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ । माछा, कुखुरालगायतमा जिल्ला आत्मनिर्भर छ ।

salt training

कमेन्ट गर्नुहोस्