०९ असार २०८३, मंगलबार

महाकालीको 'भाइरल रोड' मा अनावश्यक हिँडडुल गर्न निषेध

भदौ १३, २०७८
महाकालीको 'भाइरल रोड' मा अनावश्यक हिँडडुल गर्न निषेध

भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँच मार्गमा अत्यावश्यक कामबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ । 

कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ । 

अन्य सवारीसाधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ । 

अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भीडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिँडडुल गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए । 

पहुँच मार्ग हाल महाकाली भाइरल रोडका नामले परिचित छ । दैनिक सडक क्षेत्रमा सयौँको सङ्ख्यामा टिकटक बनाउने, भिडियो फोटो खिच्ने व्यक्ति पुग्दछन् । सडक क्षेत्रमै झै झगडा गर्ने, निर्माण कार्यमा प्रयुक्त गाडी तथा सवारी साधनलाई बाटो नछाड्ने, निर्माणस्थलमा पसल खोलेर बस्ने, विद्युतका खम्बामा चढ्ने, निर्माणस्थलमा अनुमतिविना स्टिकर टाँस्ने, निर्माण भइरहेका संरचना बिगार्नेलगायतका कार्य हुन थालेपछि पहुँच मार्गको आवतजावतमा निषेध गरिएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्