२४ जेठ २०८३, आइतबार

वाइवाई अब युरोपमा उत्पादन हुँदै

कात्तिक २०, २०७४
वाइवाई अब युरोपमा उत्पादन हुँदै
काठमाडौं, १५ पुस- चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको छ ।
सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ । सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ । उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ । वाइवाई विश्वका ३० मुलुकमा उपलब्ध रहेको ग्रुपको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्