२४ जेठ २०८३, आइतबार

बेसबल खेलिरहेका अमेरिकी सांसदमाथि बन्दुकधारीको गोली

कात्तिक २०, २०७४
बेसबल खेलिरहेका अमेरिकी सांसदमाथि बन्दुकधारीको गोली
Caption

काठमाडौं, ३१ जेठ –अमेरिकाको भर्निनिया राज्यमा एक सांसदमाथि गोली प्रहार भएको छ । ‘बेसबल’ खेलिरहेको समयमा बुधवार विहान एक अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार रिपब्लिकन दलका सांसद स्टेभ स्क्यालाईजसहित उनका सहकर्मीमाथि गोली प्रहार भएको हो । विहान सबेर बेसबल अभ्यास गर्न आएका स्क्यालाइजसहितका नेतामाथि राइफलसहितको एक अज्ञात आक्रमणकारीले ५० राउन्ड गोली हानेका हुन् ।

आक्रमणकारीले छानीछानी रिपब्लिकनका नेतामाथि गोली प्रहार गरेको जनाइएको छ । आक्रमणमा परी स्क्यालाइजसहितका केही नेता घाईते भएका छन् ।

घटनालगत्तै एक वक्तव्य जारी गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाले दुखित बनाएको र घटनामाथि छानविन भइरहेको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्