१५ असार २०८३, सोमबार

कोरोना सङ्क्रमित दैनिक घट्दै

कोरोना सङ्क्रमित दैनिक घट्दै

दुई साताअघि बागलुङमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ७०० नाघेकामा अहिले त्यो सङ्ख्या जम्मा २२३ मा झरेको छ । धवलागिरि अस्पतालका अनुसार शनिबार १२४ जनामा कोरोना जाँच गरिएकोमा २९ जनामा मात्र सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रबार ९४ जनामा कोरोना परीक्षण गर्दा जम्मा २४ जनामा सङ्क्रमण देखिएको थियो । यो आँकडाले नयाँ सङ्क्रमित घट्दै गएको र निको हुनेको सङ्ख्या भने बढिरहेको देखाउँछ । सङ्क्रमण दर बढेपछि जोखिम घटाउन साउन २८ गतेदेखि गत बिहीबारसम्म यहाँ निषेधाज्ञा कडा बनाइएको थियो ।

निषेधाज्ञा कडाइ गर्दा सङ्क्रमणमा केही कमी आएको बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र सर्वसाधारण स्वयं आफैँ सचेत नहुने हो भने पुनः सङ्क्रमण बढ्ने जनस्वास्थ्य अधिकृत खनालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्