२६ जेठ २०८३, मंगलबार

पुरातत्व विभागसँग समन्वय गरेर मात्र महाकवि देवकोटाको घर भत्काउन अन्तरिम आदेश

भदौ १३, २०७८
पुरातत्व विभागसँग समन्वय गरेर मात्र महाकवि देवकोटाको घर भत्काउन अन्तरिम आदेश

सर्वोच्च अदालतले पुरातत्व विभागसँग समन्वय गरेर मात्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले आज उक्त अन्तरिम आदेश जारी गरेको हो । आदेशको लिखित पाठ आउन बाँकी छ ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार महाकवि देवकोटाको घरमा पुरातात्विक महत्वका सामग्री हुनसक्ने भएकाले पुरातत्व विभागसँग समन्वय गरेर र पुरातात्विक महत्वका सामग्री व्यवस्थापन गरेर मात्र घर तत्काल अन्तरिम आदेश जारी भएको छ ।

    यसअघि गत साउन २७ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले घर भत्काउनको कारणबारे १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायलाई लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

    अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरेका थिए ।

    प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्