
लामो समयदेखि भूमिस्थ नेपाल वायु सेवा निगमको बोइङ ७५७ जहाज बिक्री भएको छ ।
अमेरिकाको सीएचवीच कम्पनीले उक्त जहाज किनेको हो । जहाज खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया यसै हप्ता टुङ्गो लागेको निगमले जनाएको छ। निगमका अनुसार ५७ लाख अमेरिकी डलरमा उक्त जहाज बिक्री भएको हो । १९० सिट क्षमताको उक्त जहाज निगमले सन् १९८७ मा खरिद गरेको थियो । गोरखापत्रमा खबर छ ।