०१ असार २०८३, सोमबार

संघीयता खारेजीको मागसहित जन्मियो नयाँ ‘राजावादी’ शक्ति, नेतृत्वमा पत्रकार देवप्रकाश त्रिपाठी

संघीयता खारेजीको मागसहित जन्मियो नयाँ ‘राजावादी’ शक्ति, नेतृत्वमा पत्रकार देवप्रकाश त्रिपाठी

संघीयता खारेजी, सनातन धर्मको संरक्षण र राजसंस्था पुनःस्थापनाको एजेन्डासहित वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति घोषणा गरिएको छ । 

कृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार एकीकृत शक्ति नेपाल घोषणा गरिएको हो । 

दानव राजको अन्त्यका लागि कृष्णको जन्म भएको जस्तै देशमा दानवराज अन्त्य गर्दै मानवराज स्थापनाका लागि एकीकृत शक्ति नेपाल गठन गरिएको त्रिपाठीले बताए । 

देशका मौलिक मूल्यमान्यता जोगाउनका लागि नयाँ दल गठन गर्नुपरेको उनले बताए । त्रिपाठीले अहिलेको संविधानका राष्ट्रविरोधी प्रावधान खारेज गर्नुपर्ने बताए ।

‘यही संविधान राख्ने हो भने ९ वटा विषयमा संशोधन गर्नुपर्छ, प्रस्तावनादेखि विभिन्न ठाउँमा संशोधन गर्नुपर्छ,’ त्रिपाठीले भने । 

त्रिपाठीले प्रादेशिक संरचनाको विस्थापन र स्थानीय तहलाई अझै बलियो बनाउने आफूहरूको एजेन्डा रहेको बताए । 

‘नेपाली जनता, राजसंस्था र राजनीतिक दलको एकताबाट देशलाई अगाडि बढाउनुपर्छ । शान्ति र स्थिरता खोज्ने हो भने सबैको अस्तित्व स्वीकार गर्नुपर्छ,’ त्रिपाठीले भने । 

त्रिपाठीले आफूहरूले बोकेका एजेन्डामा सम्झौता नगर्ने बताए । ‘हामीले बोकेका एजेन्डा देशको लागि हो, अरूले बोकेका एजेन्डा विदेशीका हुन्, ती नभएपनि देश चल्छ, हामीले बोकेका एजेन्डा नभइ हुँदैन । जुन एजेन्डा हामीले बोकेका छौं, सम्झौतामा टुंग्याउन नमिल्ने, छाड्न नमिल्ने खालका छन्,’ त्रिपाठीले भने ।

एकीकृत शक्ति नेपाल घोषणा गरेर सो पार्टीका नेताहरूले आजै भद्रकाली मन्दिरमा गएर शपथ ग्रहण गर्ने भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्