
चीनको ई कमर्श कम्पनी अलिबाबाले १० कर्मचारीलाई सेवाबाट निकालेको छ ।
यौन उत्पिडनमा परेकी महिला कर्मचारीको आन्तरिक डकुमेन्ट सार्वजनिक गरेको अभियोगमा कम्पनीले आफ्ना १० कर्मचारीलाई जागिरबाट निकालेको हो ।
महिलाले यस इटरनल अकाउन्टबाट आफ्नो म्यानेजरले आफूमाथि यौन उत्पिडन गरेको आरोप लगाएकी थिइन् ।
ब्लूमबर्गको एक रिपोर्टका अनुसार, अलिबाबा ग्रुप होल्डिङका एक पूर्व म्यानेजरविरुद्ध महिलाले यौन उत्पिडनको आरोप लगाएकी थिइन् ।
१० कर्मचारीहरू मिलेर उनको सोही इन्टरनल अकाउन्टबाट गोप्य कुराहरू लिक गरेका थिए ।
महिलाले आरोप लगाएपछि कम्पनीले आफ्नो म्यानेजरको निलम्बन गरेको थियो ।