११ असार २०८३, बिहीबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण मंगलबार देशभरका अधिकांश स्थानमा बदली रहि प्रदेश नं १,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ।

यस्तै मंगलबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

 यस्तै राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्