१५ असार २०८३, सोमबार

अमेरिकाले पनि छाड्यो अफगानिस्तान, सोमवार अन्तिम उडान

भदौ १५, २०७८
अमेरिकाले पनि छाड्यो अफगानिस्तान, सोमवार अन्तिम उडान

अफगानिस्तान अब पूर्ण रुपमा तालिवानको कब्जामा आएको छ । 

अमेरिकाले तालिवानले दिएकोभन्दा केही समय अगाडि नै आफ्ना नागरिकलाई अमेरिका लगेको छ । 

यससँगै अमेरिकाले अफगानिस्तानमा २० वर्षअघि देखिको सैन्य उपस्थिति सकिएको छ । 

सोमवार अमेरिकी सेनाको अन्तिम विमानले काबुलको हामिद करजई एयरपोर्टबाट उडान भरेको छ । 

तालिवानले विदेशी सैनिकलाई ३१ अगस्टसम्ममा मुलुक छाड्न आह्वान गरेको थियो । 

पहिले ब्रिटेनले आफ्ना रेस्क्यु मिसन सकाएयो भने त्यसपछि अमेरिकाले एक दिन पहिले नै अफगानिस्तान छाडेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्