पोर्नोग्राफीको केसमा यतिखेर बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अनुसन्धानका क्रममा छन् ।
कतिपय बलिउड अभिनेत्रीहरू समेत यस केसमा जोडिएका छन् ।
यसैबीचमा मिस इन्डिया युनिभर्स परी पासवानले मुम्बईको एक प्रोडक्सन कम्पनीमाथि गम्भीर आरोप लगाएकी छिन् ।
उनले कम्पनीले आफ्नो साथमा पोर्नेग्राफी बनाएको आरोप लगाएकी छिन् ।
परीले आफै एक मोडल भएको भन्दै सो समयमा मुम्बईमा काम खोज्दै गएको स्मरण गरेकी छिन् । सोही समयमा उनको साथमा यो घटना भएको उनले स्मरण गरेकी छिन् ।
उनले कोल्ड ड्रिंक्समा नसा मिलाएर पिलाएको र आफ्नो पोर्न भिडियो बनाएको आरोप लगाएकी छिन् ।
उनले भनेकी छिन्,‘म काम खोज्न मुम्बई गएको थिएँ, जहाँ मलाई कोल्ड ड्रिंकमा नसा मिलाएर पिलाइयो, त्यसपछि मेरो पोर्न भिडियो बनाइयो ।’ उनले भनेकी छन्,‘जब मलाई यस बारे जानकारी भयो तब मैले मुम्बई प्रहरीमा उजुरी दिएको छु, अहिले यो केस चलिरहेको छ ।’