०१ असार २०८३, सोमबार

आईएमई पे एपबाट क्युआर स्क्यान गर्दा एक हजार रूपैयाँसम्म जित्न सकिने

आईएमई पे एपबाट क्युआर स्क्यान गर्दा एक हजार रूपैयाँसम्म जित्न सकिने

‘एप एक क्युआर अनेक’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा १ हजार रूपैयाँसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ । 

उक्त योजना भदौ १६ देखि असोज १४ सम्म लागू हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्युआर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरूले सजिलै आईएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । 

सबै क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आईएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । 

‘आईएमई पे’ आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।  

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

salt training

कमेन्ट गर्नुहोस्