२६ जेठ २०८३, मंगलबार

जो बाइडन र अशरफ गानीबीचको अन्तिम फोनवार्ताबाट के खुलासा भयो ?

भदौ १६, २०७८
जो बाइडन र अशरफ गानीबीचको अन्तिम फोनवार्ताबाट के खुलासा भयो ?

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिनुअघि अमेरिकाका राष्ट्रपति जो बाइडन र तत्कालीन अफगान राष्ट्रपति अशरफ गानीबीच फोनमा कुराकानी भएको अहिले खुलासा भएको छ । 

त्यसमा तालिबानविरुद्धको लडाइँको चर्चा गरिएको थियो । 

समाचार संस्था रोयटर्सका अनुसार, जुलाई २३ मा बाइडन र गानीबीच १४ मिनेट फोनमा कुराकानी भएको थियो । बाइडनले अफगानिस्तानलाई दिइने सैन्य सहयताका विषयमा चर्चा गरेका थिए । 

सार्वजनिक रूपमा तालिबानलाई रोक्ने योजना बताएपछि मात्र सैन्य सहायता दिने बाइडनले बताएका थिए । आफूहरूले हवाई आक्रमणमार्फत सहयोग जारी राख्ने तर पछिको योजना के हो भन्ने थाहा पाउनुपर्ने बाइडनले बताएका थिए । फोन गर्नुभन्दा केही समयअघि अमेरिकाले अफगान सेनाको समर्थनमा तालिबानविरुद्ध हवाई आक्रमण गरेको थियो । 

बाइडनले गानीलाई तालिबानसँग लड्नका लागि बिस्मिल्लाह खानलाई जिम्मेवारी दिन भनेका थिए । त्यतिखेर खान रक्षामन्त्री थिए । 

तर कुराकानीको मुख्य जोड अफगान सरकारको गतिविधिमा थियो । गानी सरकार तालिबानसँग लड्नका लागि गम्भीर नरहेको भनी बाइडनले चिन्ता व्यक्त गरेका थिए । अफगानिस्तानको राजनीतिक नेतृत्वले पत्रकार सम्मेलन गरेर तालिबानविरुद्धको रणनीतिको घोषणा गर्नुपर्ने र आफ्नो छवि बदल्नुपर्ने अमेरिकाले सल्लाह दिएको थियो । 

रोयटर्सले दिएको बाइडन र गानीको कुराकानी हेर्दा अमेरिकाले अफगान सेनालाई सहायता गर्न पूरा कोशिश गरेको देखिन्छ । त्यसको एक महिनापछि अफगानिस्तानको सत्ता पल्टिन्छ भन्ने कुराको संकेत यस कुराकानीबाट पाइँदैन । अर्थात्, अमेरिकाको गुप्तचर संयन्त्र बलियो नरहेको यसबाट साबित हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्