०५ असार २०८३, शुक्रबार

कतार जाने नेपाली कामदार ह्वात्तै घटे

कात्तिक २०, २०७४
कतार जाने नेपाली कामदार ह्वात्तै घटे
काठमाडौं, १ असार- वैदेशिक रोजगारीका लागि कतारमा जाने नयाँ कामदारको माग ठप्प भएको छ। यसले गर्दा रोजगारीका लागि कतार जाने जाने मानसिकता बनाएका कामदार अन्योलमा परेका छन्। खाडीका देशले कतारलाई नाकाबन्दी लगाएसँगै त्यहाँ नयाँ कामदार माग गर्ने संस्थाहरू पर्ख र हेर भन्ने अवस्थामा रहेका छन्।Tribhuvan_International_Airport-1

कतारमा ड्राइभरका लागि श्रमस्वीकृति लिएर बसेका कास्की पोखराका रमेश कार्की त्याहँ जाने कि नजाने भन्ने दोधारमा परेका छन्। ‘भिसा पनि लागिसकेको छ, दुई महिनाभित्र पुगिसक्नुपर्छ, अहिले त्यहाँ देखिएको समस्या केही मत्थर होला भनेर कुरेर बसेको छु’, उनले भने।
भिसा लिएर बसेका केहीको मनस्थिति दोधारको भए पनि अहिले दैनिक डेढ सयको हाराहारीमा श्रमिक गइरहेको पाइएको छ। यो संख्या पहिले दैनिक करिब चार सय रहेको थियो। कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले कतारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले त्यहाँकार्यरत नेपाली श्रमिककलाई कुनै समस्या नरहेको बताए। भिसा लिइसकेकाहरू ढुक्कले कतार जानसक्ने उनको भनाइ छ, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्