०९ असार २०८३, मंगलबार

बीपी राजमार्ग १५ दिनभित्रै पूर्ण सञ्चालनमा अाउने

कात्तिक २०, २०७४
बीपी राजमार्ग १५ दिनभित्रै पूर्ण सञ्चालनमा अाउने
काठमाडौं, १ असार - धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग १५ दिन (१५ असार) भित्र पूर्ण सञ्चालनमा आउने भएको छ। गत ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे खण्डमा पहिरो गएर भासिएको करिब ३० मिटर सडक १५ दिनभित्र बनाइसक्ने बीपी राजमार्ग आयोजनाले जानकारी दिएको छ। नयाँ पत्रिकामा खबर छ |
भत्किएको ठाउँमा निर्माण गर्नुपर्ने सडक संरचना निर्माण ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले जानकारी दिए । ‘अब भित्तामा पर्खाल निर्माण गर्ने र सडक कालोपत्रे गर्ने काम मात्र बाँकी छ,’ उनले भने।

salt training

कमेन्ट गर्नुहोस्