
अन्तराष्ट्रिय बजारमा बलियो उपस्थिति जनाएको इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपाली बजारमा पाइने भएको छ ।
रिसिक ट्रेडिङ कन्सर्न प्रालिले इन्टेकको सामान नेपालमा भित्र्याउने भएको हो ।
नेपाली सिने जगतकी चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रूपमा भित्र्याएकी हुन् ।
रिसिककी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताको रोजाई इन्टेकमा हुने विश्वास गरेको सुनाइन् ।
चलचित्र क्षेत्रसँगै अब व्यवसायीक क्षेत्रमा पनि उपस्थिति भएको उनले कार्यक्रममा सुनाइन् ।

२५ वर्ष अघिबाट यस ब्राण्डका सामानहरू विश्व बजारमा आएपनि नेपालमा भने पहिलो पटक होम अप्लायन्स र स्मल होमक अप्लायन्सका सामान आधिकारिक रूपमा पहिलो पटक भित्रिएको हो ।
इन्टेकका यी सामानहरूको एक वर्षदेखि १० वर्षसम्मको वारेन्टी रहेको इन्टेक्स ब्राण्डका अन्तर्राष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले जानकारी दिए ।
मुलुकका विभिन्न ठाउँमा कम्पनीले सर्भिस सेन्टरहरू समेत स्थापना गरिसकेको छ ।