२६ जेठ २०८३, मंगलबार

अफगानिस्तानको शीर्ष महिला प्रहरीलाई तालिबानले नराम्ररी कुटपिट गरेपछि भइन् पलायन

भदौ १६, २०७८
अफगानिस्तानको शीर्ष महिला प्रहरीलाई तालिबानले नराम्ररी कुटपिट गरेपछि भइन् पलायन

अफगानिस्तानकी शीर्ष महिला प्रहरी अधिकृतलाई तालिबान लडाकूहरूले नराम्ररी कुटपिट गरेपछि अनि अमेरिकाले उनलाई उद्धार गर्न नमानेपछि पलायन भएकी छन् । 

अहिले उनी काबुलमै लुकिरहेको बताइएको छ । 

गुलाफरोज एब्तेकार नामक ती प्रहरी अधिकृत अफगानिस्तानको फौजदारी अनुसन्धान शाखाकी उपप्रमुख थिइन् । 

गृह मन्त्रालयअन्तर्गतको विभागकी शीर्ष अधिकृत भएको नाताले उनी अफगान महिलाहरूका लागि रोलमोडल थिइन् । मिडियामा उनको अनुहार परिचित थियो । 

काबुल विमानस्थलको गेटमा पाँच रात बिताएपछि उनी शहरमा लुक्दै हिँडेकी छन् । उनलाई मृत्युको भय छ । 

काबुलमा अस्तव्यस्तको स्थिति हुँदा उनले अमेरिकी सैनिकहरू भेटेकी थिइन् । उनलाई प्रेमी र परिवारका सदस्यहरू मिलेर विदेश उड्नका लागि अमेरिकी सैनिकले सहायता गर्ने विश्वास उनले लिएकी थिइन् । 

अमेरिकीहरूले सुरक्षा दिएको शरणार्थी शिविरमा उनी पुगेकी थिइन् । तर उनीहरूले उनलाई बाहिर जानका लागि मद्दत नगर्ने बताए । त्यतिखेर उनलाई यो जीवन बेकार हो जस्तो लागेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्