०७ असार २०८३, आइतबार

कोभिड-१९ : थप २०५२ जनामा संक्रमण, २० जनाको मृत्यु

कोभिड-१९ : थप २०५२ जनामा संक्रमण, २० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९३५ नमूना परीक्षणमध्ये एक हजार ६४८ पीसीआर र ४०४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ४८ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ७७० पुगेको छ । 

मन्त्रालयका अनुसार थप ३ हजार ३० जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ । 

हाल मुलुकभर ३४ हजार १८९ सक्रिय संक्रमित छन् ।

कमेन्ट गर्नुहोस्