३१ असार २०८३, बुधबार

अधिकृत छैटौंको सिट घटाएपछि बागमती प्रदेश लोक सेवा आयोगविरुद्ध सर्वाेच्चमा रिट

अधिकृत छैटौंको सिट घटाएपछि बागमती प्रदेश लोक सेवा आयोगविरुद्ध सर्वाेच्चमा रिट

बागमती प्रदेश अधिकृत छैटौं सामान्य प्रशासन समूहको विज्ञापन खुलाएर प्रथम चरणको नतिजा प्रकाशन भइसकेपछि सिट संख्या घटाएकोमा आपत्ति जनाउँदै बागमती प्रदेश लोक सेवा आयोगविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको छ ।

मर्का परेका परीक्षार्थीका तर्फबाट अधिवक्ता कृष्णसिंह महराले सर्वाेच्चमा रिट दायर गरेका हुन् ।

गत माघ १२ गते आयोगले खोलेको विज्ञापनमा साउन १७ गते सिट संख्या खुलामा ४४ बाट १८ र महिलामा ११ बाट ७ जना कायम गरिएको छ । 

प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा २३ र २६ विपरीत सिट घटाएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइएको अधिवक्ता महराले जानकारी दिए ।

बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले गत चैत १४ गते प्रथम चरणको परीक्षा लिई जेठ २९ गते नतिजा समेत प्रकाशित गरिसकेको अवस्थामा द्वितीय चरणको परीक्षा सञ्चालन हुनैलाग्दा साउन १७ गतेको सूचनाबाट सिट संख्या घटाएको थियो ।

सिट संख्या घटाउने आयोगको निर्णय बदर गरिदिन सर्वाेच्च अदालतसामु मागदाबी गरिएको अधिवक्ता महराले बताए ।

salt training

कमेन्ट गर्नुहोस्