११ असार २०८३, बिहीबार

यो सरकारले जयसिंह धामी प्रकरणमा न्याय दिलाउन सक्दैनः कमल थापा

यो सरकारले जयसिंह धामी प्रकरणमा न्याय दिलाउन सक्दैनः कमल थापा

पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले शेरबहादुर देउवा सरकारले जयसिंह धामी प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसक्ने बताएका छन् ।
थापाले भारतीय सुरक्षाकर्मीले दार्चुलाको महाकालीमाथि रहेको तुइनको डोरी काटिदिएको घटनालाई समेत बंग्याउन खोजेको भन्दै यस्तो सरकारबाट जयसिंहलाई न्याय दिलाउन नसक्ने बताएका हुन् ।

‘भारतीय सुरक्षाकर्मीले तुईनको डोरी काटिदिएको घटना समेत बंग्याउन वाध्य पार्ने सरकारले जयसिंह धामीलाई न्याय दिलाउने आशा गर्न सकिन्न’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

सत्तामा पुग्न र पुगेपछि टिक्न विदेशीको मुख ताक्ने आत्मसमर्पणवादी प्रवृत्तिले राष्ट्रको हित र स्वाभिमानको रक्षा गर्न नसक्ने थापाले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्