१२ असार २०८३, शुक्रबार

एनसेलले सार्वजनिक गर्‍यो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना, ३० दिनसम्म दैनिक  १५० एमबी

एनसेलले सार्वजनिक गर्‍यो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना, ३० दिनसम्म दैनिक  १५० एमबी

एनसेल आजियाटा लिमिटेड ले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ ।

यो योजनामा एसईईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइ फाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्छन् ।
 
यो योजना गत मंगलबार (भदौ १५) देखि संचालनमा आएको छ  ।  एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् ।
 
यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिन भित्र रु १०० वा सो भन्दा बढिको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् ।  त्यसैगरी रु ५० वा सो भन्दा बढिको प्रत्येक रिचार्जमा ६ महिना सम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् ।

यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् ।   
 
विद्यार्थीहरुलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइजफोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफुलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।
 
भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइ फाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफुलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइ फाइभ समुहमा सेट गर्न सक्छन् । नम्बरहरु माइ फाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रतिमिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउँनेछ ।
 
विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफु सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइ फाइभ समुहमा राख्न सक्छन् । माइ फाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
 
एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउँन पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विभिन्न सेवाहरु बन्डल गरिएको यो पहिलो सिम योजनाले विद्यार्थीहरुलाई साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन र मोबाइल इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन ठूलो महत्व राख्ने विश्वास लिएको एनसेलको भनाइ छ  । 
 
 

salt training

कमेन्ट गर्नुहोस्