
अमेरिकाको न्युयोर्क सिटीमा बाढी आएपछि बेहाल भएको छ ।
मेयर बिल डी ब्लासियोले मानिसहरूलाई सडकमा नआउन र सुरक्षित स्थानमा बस्न भनेका छन् । उता न्युजर्सीका गभर्नर फिल मर्फीले संकटकाल घोषणा गरेका छन् ।
त्यहाँको मौसम विभागले न्युयोर्क, ब्रूकलीन र क्वीन्समा मुसलधारे पानीका कारण आएको बाढी आएकाले संकटकालको स्थिति रहेको बताएको छ । टोर्नेडो आउन सक्ने चेतावनी पनि दिइएको छ ।
नीवार्कमा वर्षाले सबै पुराना कीर्तिमान तोडेको छ र झनै बढी पानी पर्ने बताइएको छ ।
५०० वर्षमा एकपटक हुने अतिवृष्टि यसपालि देखिन सक्ने भनी मौसम वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
आइडा नामक हरिकेन आउने आशंका पनि व्यक्त गरिएको छ । त्यसले भयंकर विनाश गर्न सक्छ ।
#BREAKING
— 🌎 Sarwar 🌐 (@ferozwala) September 2, 2021
Extremely Rare Flash Flood Emergency Issued for New York City #Sputnik #BreakingNews #NewYorkCity #NYC #NY #US
https://t.co/rsNzapQt32 via @SputnikInt pic.twitter.com/S6MxFEmQit
Just trying to shop at costco wtf #nyc rain pic.twitter.com/oKSaecYABU
— NYJuventus 🅙 (@NYJuve) September 2, 2021