
काठमाडौं, १ असार - चैतमा संचालन भएको एसइइको रिजल्ट भोलि शुक्रवार प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतकाअनुसार शुक्रवार बेलुका सम्ममा नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ । जिपिएस प्रणालीमा नतिजा प्रकाशन गरिने छ । परीक्षामा चार लाख ६४ हजार विद्यार्थीहरु सहभागि थिए । नतिजा विहीवारपनि प्रकाशन हुने सम्भावना छ ।
उक्त रिजल्ट लोकान्तर डट कममा सजिलै हेर्न सकिने छ । रिजल्टका लागि लोकान्तरले आफ्नो पेज निर्माण गरेको छ । नतिजा सार्वजनिक हुने वित्तिकै यो लिंकमा गएर रिजल्ट हेर्न सकिन्छ । (
www.lokaantar.com/seeresult)