२२ जेठ २०८३, शुक्रबार

फोरमको कार्यालयमा राजपाका कार्यकर्ताद्वारा तोडफोड, झण्डा पनि जलाइयो

कात्तिक २०, २०७४
फोरमको कार्यालयमा राजपाका कार्यकर्ताद्वारा तोडफोड, झण्डा पनि जलाइयो

महोत्तरीं, १ असार - राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले महोत्तरीको जलेश्वरमा सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले फोरमको कार्यालयमा रहेको पार्टीको बोर्ड मेटाएका छन् भने झण्डा समेत जलाएका छन् ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन हुनुपर्ने माग गर्दै राजपा आन्दोलनमा उत्रीएको छ । तर मधेश केन्द्रीत दल भएर पनि फोरमले निर्वाचनलाई समर्थन गरेको भन्दै राजपका कार्यकर्ताले पार्टी कार्यालयमा तोडफोड गरिदिएका हुन् ।

जलेश्वर नगरपालिका–२ खैराचौकस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालय उनीहरुले तोडफोड गरेका हुन् । पार्टीको बोर्डमा कालो लगाइदिएका छन् । झण्डा समेत निकालेर जलाइदिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्