०६ असार २०८३, शनिबार

चुनाव नसारे देश द्वन्द्वमा फस्छ : राजेन्द्र महतो

कात्तिक २०, २०७४
चुनाव  नसारे देश द्वन्द्वमा फस्छ :  राजेन्द्र महतो
रौतहट, १ असार–राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दोस्रो चरणको स्थानीय निर्वाचन भएको खण्डमा देश द्वन्द्वमा जाने दाबी गरेका छन् ।

बुधबार बिहान रौतहटमा आयोजित पत्रकार सम्मेलनमा राजपाले राखेका माग पूरा नभएसम्म निर्वाचन कुनै पनि हालतमा सम्भव नभएको बताएका हुन् ।

उनले केही सयम निर्वाचनलाई सारेर भएपनि आफ्ना मागहरु पूरा नगरि समस्या समाधान नहुने भन्दै स्थानीय तहको संख्या थप, संविधान संशोधन लगायतका राजपाका माग बटमलाइन भएको प्रस्ट पारे ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक देखिएको महतोले आफूलाई मधेसीको ठेकेदार बताउने यादवले आफ्नो स्वार्थपूर्तीका लागि मधेस विरोधी अभिव्यक्ति दिएको आरोप लगााए । उनले भने ‘आफूलाई मधेसीको ठेकेदार बताउने यादवहरु स्वार्थपूर्तिका लागि ओलीको प्रवत्ता बनेर मधेसविरोधी गतिविधिमा लागेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्