०९ असार २०८३, मंगलबार

राजपाको मागः प्रदेश नम्बर ५ टुक्र्याएर निर्वाचन सारौं

कात्तिक २०, २०७४
राजपाको मागः प्रदेश नम्बर ५ टुक्र्याएर निर्वाचन सारौं

काठमाडौं, १ असार–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुले प्रदेश नम्बर ५ मा रहेका कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा पनि तेस्रो चरणमा निर्वाचन गर्नुपर्ने माग अगाडि सारेका छन् ।

बिहीवार मध्याह्न सत्तारुढ दलहरुसँगको छलफलमा राजपाका नेताहरुले यस्तो माग राखेका छन् । २ नम्बर प्रदेशका ८ जिल्लासहित राजपाले प्रदेश नम्बर ५ अन्तर्गत पर्ने कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पनि तेस्रो चरणमा निर्वाचन गर्न माग गरेका थिए ।

राजपा नेताहरुले प्रदेश नम्बर ५ बाट टुक्र्याएर ती जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्न माग गरेपनि सत्तारुढ दलहरुले भने त्यसमा सहमति जनाएनन् ।

राजपाको माग अनुसार सत्तारुढ दलहरुले प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सहमति जनाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्